शैलजा आचार्यको जन्म जयन्ती बृद्धा आश्रममा मनाइयो

२७ बैशाख ७७, शनिबार
Share this
744shares

२७ बैशाख, विराटनगर ।
नेपाल विद्यार्थी संघ(नेविसंघ)मोरङले महिला आन्दोलनकी योद्धा तथा नेपालकी पहिलो महिला उपप्रधानमन्त्री स्व.शैलजा आचार्यको ७६ औँ जन्मजयन्ती बृद्धा आश्रममा मनाएको छ ।

Advertisement

जन्म जयन्तीको अवसरमा शुक्रबार नेविसंघले बुढीगंगा गाउँपालिका–१ स्थित जागृती बृद्धाआश्रमका आमाहरुलाई खाना खुवाउनुका साथै हेन्ड स्यानिटाईनर, माक्स, ग्लोभ्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेर मनाएको नेविसंघका युवा नेता देवचन्द्र घिमिरेले जानकारी दिए ।

Advertisement

उनले स्व. शैलजा आचार्यले लोकतान्त्रिक आन्दोलन , महिला हकहितको सवालमा प्रेरणादायी भूमिका निर्वाह गर्न प्रतिकूल परिस्थितिमा देखाएको साहस, त्याग र बलिदान युवा पिँढीका लागि अनुकरणीय भएको र यसलाई सबैले स्मरण गर्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top