×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद चर्किँदै

२७ बैशाख २०७७

२७ बैशाख, जनकपुरधाम ।

जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको अस्तित्वमाथि नै सङ्कट मडारिन थालेको जनाइएको छ ।

Advertisement
Advertisement

जानकी नवमीका दिन (यही वैशाख १९ गते) महन्तका शिष्य रामरोशनले प्रसादका रूपमा मन्दिरमा माता जानकीका नाममा जन्म केक काट्नाका साथै आफ्नो कक्षमा महिलासँग नाचगान गरेको घटना र अपारदर्शिताका बारेमा महन्तद्वारा स्थानीय विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिपछि आमसमुदायमा मन्दिरको भविष्य अब के होला भन्ने चिन्ताले तीव्रता पाएको छ । महन्त रामतपेश्वर दासले शिष्य रामरोशनले आफूलाई स्वयं उत्तराधिकारी घोषणा गरी मन्दिरको महन्त परम्परा, मूल्य मान्यताको मर्दन हुने चलखेल गरिरहेको आरोप लगाएका छन् ।

गुठी संस्थानको ऐनमा उत्तराधिकारीको व्यवस्था नभए पनि शिष्य रामरोशनले संस्थानबाट उत्तराधिकारीको परिचयपत्र लिई आर्थिक गतिविधिलगायत मन्दिरमा महन्तझैँ पूर्णरूपले अधिकार प्रयोग गरी आफूलाई बेवास्ता तथा मन्दिरको गरिमालाई स्खलित हुने गतिविधि गरिरहेको महन्त दास बताउँछन् ।

महन्त दास भन्छन्, ‘करिब ६ वर्षअघि आपूm बिरामी भई उपचारका लागि केही समय भारतमा बसेका बेला शिष्य रामरोशनले आपूmलाई उत्तराधिकारी एवं छोटे (सानो) महन्त भन्दै सरकारी निकायदेखि लिएर विभिन्न श्रद्धालुबाट आर्थिक सहयोग तथा दान लिने क्रम शुरू गरेको हो ।’

जानकी मन्दिर गुरु शिष्य परम्पराअनुसार शिष्यको समुदायबाट सञ्चालन हुने गरेको छ । गुरूको निधनपछि शिष्य महन्त हुने मन्दिरमा चलन रहेकामा शिष्य रामरोशनले सो परम्परा विपरीत उत्तराधिकारी महन्त घोषणा गरी महन्त रामतपेश्वरलाई मनोवैज्ञानिक ढङ्गले रोगीझैं व्यवहार गरी मन्दिरमा स्वेच्छाचारी संरचना निर्माण गरेको महन्तका अर्का शिष्य पवन चौधरी बताउँछन् । उनी भन्छन्, ‘रामरोशन आर्थिक हिनामिना, साधु सन्तभन्दा नेता, महिलाबीच रम्ने र गुरूलाई दासझैँ बनाउने खेलमा लागेको छ ।’

मन्दिरमा महन्त परम्परा
सत्रौँ शताब्दीको अन्ततिर महात्मा सुरकिशोर दासले वर्तमान जानकी मन्दिर भएको स्थानमा नीमको रूखमुनि सपनामा जानकी माताबाट मेरो बुबाको घर जनकपुरधाम यही हो, मेरा मूर्तिहरू यही रूख मुनि छन्, यसलाई निकालेर पूजा गर्नुस् भनी आदेश भएपछि दासले सोही स्थानमा खन्ती गाडी भगवान्को पूजाअर्चना शुरू गरेको देखिन्छ ।

महात्मा सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र जानकीको उपासना पद्धतिको प्रचारक, सन्त एवं कवि मानिन्छ । मकवानपुरका सेन राजा माणिक सेनले ईसन् १७२७ मा यिनै महात्माका चेला प्रयोग दासका समयमा जनकपुर आई सीतारामको दर्शन गरी भोगरागका लागि बुश विर्ता अर्पण गरी मन्दिरको सञ्चालन एवं सम्बद्र्धनमा ठूलो योगदान पु¥याएको इतिहास छ ।

अध्येता नारायणप्रसाद रिमालका अनुसार राजगुठीअन्तर्गत पूर्णरूपमा स्वतन्त्र रहेको जानकी मन्दिर गुरू शिष्य परम्परागत रही सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा निहित रहेको देखिएको छ ।

जानकी मन्दिरमा सुरकिशोर दास, प्रयाग दास, जनक विदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरहरि दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास, रामशरण दास र रामतपेश्वर दास (वर्तमान) रहेको पाइन्छ ।

सुरकिशोर दासपछिका महन्तमा प्रयाग दास, विश्वम्भर दास, रामकृष्ण दास, नवलकिशोर दासको नाम साधु सन्त समाजमा विशेष उल्लेखनीय रहेको पाइन्छ । प्रयाग दास महात्मा सुरकिशोर दासझैँ वात्सल्यभावनिष्ठ सन्त रहेको र उनी आपूmलाई निमीवंशी र जानकीजीको सानो भाइ भन्ने गरेका कारण उनी अयोध्या र मिथिलामा मामा प्रयाग दास भनी विख्यात रहेको कथन छ ।

जानकी मन्दिर र राममन्दिर पहिले एकै व्यवस्थापनमा चल्ने गरे पनि राममन्दिर दशनामी र जानकी मन्दिर वैष्णव सम्प्रदाय रहेकाले दुवैमा मनोमालिन्य भई कहिलेकाहीँ गम्भीर स्थितिको सिर्जना भएपछि महात्मा विश्वम्भर दासले आधा आधा जमिन बंटबारा गरी एक अर्कामा भएको जानकी मन्दिरको व्यवस्थापनलाई स्वतन्त्र एवं चुस्त बनाएको इतिहास पाइन्छ ।

महात्मा रामकृष्ण दासको पालामा वर्तमान जानकी मन्दिर बनेको हो । यसको निर्माणमध्ये भारत ओरछा नरेश टीकमगढका महाराजा प्रताप सिंहकी पत्नी वृषभान कुँवरी पुत्र प्राप्तिको खुशियालीमा गर्न लगाएको देखिन्छ । महात्मा रामकृष्ण दासले नै महारानी र महाराजालाई जानकीको मन्दिर अयोध्या र जनकपुरमा निर्माण गर्न उत्साहित गरेको अध्येता रिमालको अन्वेषणमा उल्लेख छ ।

जानकी मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गतेमा भई विसं १९६७ माघ २८ गते प्रतिष्ठा भएको हो । प्रतिष्ठाका अवसरमा महाराजा प्रतापसिंहकी महारानी वृषभान कुँवरीको मृत्यु भइसकेकाले महाराजाको दोस्रो पत्नी गणेश कुँवरी साथ सीतारामका मणिविग्रहका आकर्षक मूर्ति प्रतिष्ठा गरिएको इतिहास पाइन्छ ।

जानकी मन्दिरका वर्तमान महन्त रामपतेश्वर दासले शतवार्षिकी समारोह, विशेष धार्मिक प्रवचन, विवाह पञ्चमी, रामनवमी, झुलन पर्व, जानकी नवमी, कोजाग्रत पूर्णिमा, अन्नकुट उत्सवको आयोजना गरी यस क्षेत्रको धार्मिक विकासतर्फ केन्द्रित रहेको देखिन्छ ।

विवाद किन ?
शिष्य रामरोशन दासले महन्त रामतपेश्वर दास केही समय अस्वस्थ्य भएको बेलादेखि आफूलाई उत्तराधिकारी र छोटे महन्त भन्दै मन्दिरलाई कब्जा गर्ने मनसायले महन्तलाई महत्वहीन बनाउँदै क्रमिकरूपले आफ्नो प्रभुत्व हरेक क्षेत्रमा स्थापित गरी महन्तसँग पूर्ण अधिकारको माग गर्दै धाक धम्की दिएपछि मन्दिरको विवाद जनस्तरमा आएको हो ।

महन्त रामतपेश्वर दासका अनुसार शिष्य रामरोशनले जानकी मन्दिरको नामलाई आफ्नो निहित स्वार्थ पूर्तिको माध्यम बनाउँदै मन्दिरमा राजनीति, संस्कारहीनता र सङ्घ, प्रदेश र बृहत्तर क्षेत्र विकास परिषद्लगायतका सङ्घसंस्थाबाट करोडौँ रकम असुली गरी व्यक्तिगत कार्यमा प्रयोग गरेको र आपूmले सोबारेमा शिष्यलाई स्पष्ट गर्न भन्दा आपूmलाई अभद्र व्यवहारदेखि धाकधम्कीसमेत दिएको बताइएको छ ।

शिष्य रामरोशनले विवाह पञ्चमी, जानकी नवमीलगायत उत्सवका नाममा विभिन्न निकायसँग लिएको रकमबारेमा आफुले प्रदेशसँग अभिलेख उपलब्ध गराउन आग्रह गरेको बताउँदै उनले भनिन्, ‘शिष्य रामरोशनले असुली गरेको रकमको हिसाब सार्वजनिक गर्नुपर्छ, सो नगरेकामा कारवाहीको प्रक्रियामा जानेछु ।’

महन्त दास आफ्ना एकजना गृहस्थ शिष्यले नै मन्दिरको सम्पूर्ण व्ययभार गरिरहेको अवस्थामा शिष्य रोशनलाई पटक पटक अन्यसँग सहयोग र दान नलिन सुझाव दिँदा रोशनले विश्वासघात गरी मन्दिरको भविष्यमाथि नै प्रश्न चिह्न लगाउने क्रियाकलाप गरिरहेको बताउँछन् ।

महन्तमाथि आरोप
महन्त रामतपेश्वर दास मन्दिरमा धार्मिक वातावरण निर्माणका कार्यक्रम सञ्चालन गरे पनि मन्दिरका सम्पूर्ण जग्गा बिक्री गरिसकेको आरोप छ । जानकी मन्दिरको साविक ५९८ बिघा १० कट्ठा चार धुर रहेकामा महन्त रामतपेश्वरले गुरू महन्त रामशरण दासको हस्ताक्षरको छाप प्रयोग गरी सोमध्ये अधिकांश जग्गा बिक्री गरिसकेको आमसमुदायमा चर्चा पाइन्छ ।

गुठी संस्थानका कर्मचारीको मिलेमतोमा महन्त दासले केही समयअघि फूलबारीको जग्गासमेत बिक्री गरेको आरोप रहेको छ । सो संस्थान केन्द्रीय कार्यालयका अनुसार महन्तका शिष्य रामरोशन दासलाई सिंहदरबार प्रवेश सन्दर्भमा जानकी मन्दिरको पत्रका आधारमा उत्तराधिकारी महन्तको परिचयपत्र जारी गरिएको हो ।

महन्त रामपतेश्वर दास जानकी मन्दिरले सो संस्थानलाई शिष्य रामरोशनलाई उत्तराधिकारीको परिचयपत्र बनाई दिन कुनै पत्र नलेखेको बताउँदै गुठी ऐनमा उत्तराधिकारी महन्तको व्यवस्था नरहेको अवस्थामा गुठीले शिष्यलाई कसरी उत्तराधिकारी महन्तको परिचयपत्र दियो भन्दै प्रश्न गर्छन् ।

Advertisement

यसैबीच शिष्य रामरोशन दासले जानकी नवमीका दिन आफूले केक नकाटेको स्पष्ट गर्दै मन्दिरको मान्यता विपरीत कुने गतिविधि नगरेको बताए । प्राध्यापक डा.भोगेन्द्र झा महन्त र शिष्यबीचको विवादले पूजनीय, आस्था र विश्वासको प्रतीक रहेको जानकी मन्दिरको भविष्य नै अन्योलमा परेकाले समस्या समाधानलगायत मन्दिरको अस्तित्व रक्षा गर्न सबै क्षेत्र अग्रसर हुुनु जरूरी रहेको बताउँछन् ।– हिमांशु चौधरी/रासस

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top