नेपालमा कुल कोरोना संक्रमितको संख्या १ सय १० 

२८ बैशाख, काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

Advertisement

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

हिजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ । योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ ।

Advertisement

हिजो थपिएकी संक्रमितलाई भने आज अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top