भारतले लिपुलेक–कालापानीमा सडक बनाएको विरोधमा आज पनि प्रदर्शन

भारतले लिपुलेक–कालापानीमा सडक बनाएको विरोधमा आज पनि प्रदर्शन

२८ वैशाख, काठमाडौँ ।
लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा–विद्यार्थीले संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ । लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनाजतिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.