सीमा विवादलाई लिएर सांसदबीच नै चर्काचर्की

२८ बैशाख ७७, आइतबार
Share this
721shares

२८ वैशाख, काठमाडौँ ।
भारतले नेपालीभूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।

Advertisement

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिएपनि कुनै निर्णय÷निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्न पर्ने भन्दै अडान लिएका थिए । सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भएपनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताए ।

Advertisement

बैठक सकिएपछि समिति सभापति पवित्रा निरौला खरेलले ‘‘भरसक भोली नै बैठक बस्ने सोच हो र भोली मन्त्रीज्यूको समय मिल्यो र सदन नरहने अवस्थामा ११ बजे नै बैठक बस्छौँ । तर अहिले नै यसलाई म टुंगो दिन सक्दिन’’ भनेपछि विवाद सुरु भएको थियो । लगत्तै रावलले ‘संसदको कुरा गर्नुभयो संसद के का लागि’ भन्दै प्रश्नगरे ? ‘‘देशको सार्वभौम सत्तामाथि नाङप्गो हस्तक्षेप भएको छ ।

अनि समय के का लागि हो । सरकार के का लागि हो । देश के का लागि? यो भन्न मिल्दैन् । या अहिले समितिमा बोल्न पाउनु पर्छ या बैठकको समय निर्धारण हुनुपर्छ । माननिय सभापति ज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ?मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ ।

Advertisement

त्यो बैठकबाट निर्णय हुनुपर्छ । यसरी बैठकका विषयमाअहिले भन्न सक्दिन भन्न मिल्दैन् ।’’ लगत्तै सभापति निरौलाले ‘माननिय ज्यू गम्भिर विषयको छलफल हुनुपर्छ । आजै सक्न पाए हुन्थ्यो ।’ भनेपछि बाँझाबाँझ थपिएको थियो ।

चर्काचर्किपछि मन्त्री ज्ञवालीले संसदका सबै समिति बराबर भएकाले सबैलाई समय दिनुपर्ने बाध्यताका कारण अहिले नै भन्न नसकिने बताएका थिए । विदेशमा अलपत्र परेका नेपाली नागरिक लगायतका विषयमा अन्य समितिहरुले पनि समय लिएका कारण समय तालमेल गरेर सभापतिलाई जानकारी गराउने बताएका थिए ।

आइतबारको समिति बैठकमा मन्त्री ज्ञवालीले भारतले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । केही प्रावविधिकहरु मिलाउन बाँकी रहेकाले नक्सा अहिलेसम्म सार्वजनिक नभएको उनले बताए । मन्त्री ज्ञवालीले नक्सा सार्वजनिक नभएकै कारण लिपुलेक क्षेत्रको १८, १९ किलोमिटर भूमि मिचिएको हो भनेर नसोच्नपनि आग्रह गरे ।

नक्सा जारी नभएको कारण सीमाना मिचिएको उनको दावी छ । उनले भने , ‘मैले जुन अघि १८, १९ किलोमिटरको कुरा गरे त्यो त २०३२ सालमा जारी भएको नेपालको नक्सामै लिपुलेक लगायतका क्षेत्र छन् । नक्सा नभएको कारणले बाटो गएको नभएको कारणले नगएको भन्ने होइन् ।’

अन्तिममा समिति सभापति निरौलाले परराष्ट्रमन्त्रीले अन्य बैठकमा पनि समय दिएका कारण समय तत्काल तोक्न नसकिएको भन्दै जुनसुकै अवस्थामा पनि भोली विहान साढे ८ बजे बैठक बस्ने बताए । कुटनीतिक र वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुको विकल्प अहिले नभएको पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top