राष्ट्रपति मूनद्वारा अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव

२८ बैशाख ७७, सोमबार

२८ बैशाख, सियोल।

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइन समेतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनु पर्ने बताएका छन् । उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच वार्तामा तत्काल प्रगति नभएको देखिए पनि दुबै कोरियाबीच समझदारी बढ्दै गएको राष्ट्रपति मूनले बताए।

राष्ट्रपति पदमा निर्वाचित भएको तेस्रो वर्षका अवसरमा विशेष सम्बोधन गर्दै राष्ट्रपति मूनले अन्तर–कोरियाली रेलवे सम्पर्क संजालको निर्माण र उत्तर कोरियातर्फ हुने भ्रमण जस्ता विशेष कार्यक्रमहरुको महत्व अझै रहेको बताए । उनले दक्षिण कोरियाबाट प्रस्तावित सहयोगात्मक परियोजनालाई स्वीकार गर्न उत्तर कोरियासमक्ष अनुरोध गरे ।

Advertisement

उनले भने, “हालका प्रस्तावहरु अझै पनि सान्दर्भिक छन् । हामी उत्तर कोरियालाई आफ्ना परियोजनाहरु स्वीकार गर्न आग्रह गरिरहने छौं ।” राष्ट्रपति मूनले कोरोनाभाइरसका कारण सिर्जित समस्याबाट उत्तर कोरिया पनि प्रभावित भएको बताए। उनले दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका दुबै मुलुकले उत्तर कोरियासँग निकट सम्पर्क संचारमा रहेको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top