आजका प्रमुख खबरहरुः
१.(१ सय १० संक्रमित)
अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० /आइतबारसम्म पिसिआरबाट १६ हजार ८ सय ९८ र आरडिटीबाट ५६ हजार ५ सय ५० परीक्षण /१३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा /१ सय ६४ जना आइसोलेसनमा ।
२.(निको भए संक्रमित)
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका थप दुई जना संक्रमित डिस्चार्ज /१९ जना अझै उपचाररत ।
३.(मुटु दुखाएको तथ्याङ)
कोरोनाको संक्रमणबाट संसारभर ७८ जना नेपालीको मृत्यु /५ हजार ४ सय ७२ जना संक्रमित /२ हजारभन्दा बढी संक्रमण मुक्त भएको एनआरएनएको अनुमान ।
४.(भारतविरुद्ध जागे युवा)
लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा–विद्यार्थीद्धारा संसद भवन अगाडि प्रदर्शन /प्रदर्शन गरिरहेका १० जना बढी प्रहरी नियन्त्रणमा ।
५.(जवाफ देउ सरकार)
नेपाली भूभाग प्रयोग गरि भारतले तिब्बतको मानसरोबर सम्म पुग्ने बाटो निमार्ण गरेको सम्बन्धमा सरकारको तयारीबारे सांसदहरुद्वारा जानकारी माग/ सीमा विवाद सुल्झाउन कुटनीतिक पहल भईरहेको सरकारको प्रतिक्रिया ।
६.(फितलो जवाफ)
राष्ट्रिय हितलाई सर्वोपरि राख्दै कुटनीतिक पहलबाट भारतसंगको सीमा समस्याको समाधान निकाल्ने सरकारको प्रतिवद्धता /बाटो निर्माण भईरहेको सम्बन्धमा सरकार जानकार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रस्टोक्ति ।
७.(अन्तर्राष्ट्रियकरण किन नगर्ने ?)
भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै संसदीय समितिद्वारा भत्र्सना /त्रिपक्षिय संवादका लागि कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन /अब उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुको बिकल्प नरहेको उल्लेख ।
८.(कुटनीतिक मै जोड)
सीमा अतिक्रमणको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भनाई /सरकारले एक्शन गर्न नसको स्वीकार /यो विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण नगर्न सुझाव ।
९.(काँडेतार लगाउ)
भारतले नेपालको लिपुलेकमा सडक निर्माण गरेपछि अब सीमामा काँडेतार लगाउन युवा संघ र अनेरास्ववियूको सरकारसँग माग /देशका दर्जनौं ठाउँमा मिचिएपनि सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेको आरोप ।
१०.(सांसदबीच बाझाबाझ)
भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद/निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकको जानकारी नदिएको भन्दै सांसद्हरु आक्रोशित ।
११.(दश दिन थुनामा)
सिंहदरबार अगाडि देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका चार चिनियाँलाई दश दिन थुनामा राख्न जिल्ला प्रशासनको अनुमति /प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप ।
१२.(हुने नै भो एसइई)
एसइई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको भन्दै लकडाउनपछि परीक्षा लिइने शिक्षा मन्त्रालयको भनाई / लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसइईले कानुनी मान्यता प्राउने उल्लेख ।
१३.(बजेटका प्राथमिकता)
सरकारले आगामी आर्थिक बर्ष २०७७ /२०७८ को बजेट कोरोना भाइरस महामारीबाट श्रृजना भएका बहुपक्षीय समस्या समाधानको साथै स्वास्थ्यको पुर्वाधार विकासमा केन्द्रीत गर्ने / कृषि तथा साना घरेलु र सेवा क्षेत्रका कार्यक्रमलाई प्राथमिकता ।
१४.(प्रहरीमाथि प्रश्न ?)
निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीमा प्रदर्शन /शंकास्पद मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको आरोप ।
र,
१५.(अदृश्य कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ८० हजार बढीको मृत्यु /४१ लाख १८ हजार बढी संक्रमित / १४ लाख ४७ हजार बढी निको भएर घर फर्किए ।