×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बजेटको प्राथमिकतालाई कांग्रेस नेताले भने “मनचिन्तित झोला”

२९ बैशाख २०७७

२९ वैशाख, काठमाडौं ।
राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले आगामी आर्थिक २०७७÷७८ कालागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतालाई “मनचिन्तित झोला”को संज्ञा दिएका छन् ।

सरकारले कोरोनाभाइरसले श्रृजना गरेको समस्या सम्बोधन गर्ने गरि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न नसकेको आरोप उनले लगाए । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७÷७८ कालागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै उनले सरकारकातर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता ले विषम र विशेष परिस्थितिलाई सम्बोधन गर्न नसकेको बताए ।

उनले भने “सामान्य अवस्थाको यो दस्तावेज हो । कोरोनाभाइरसले आक्रमण गर्नुभन्दा अगाडिको अवस्थमा यो दस्तावेज आएको भएयसमा कुनै नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था बन्ने थिएन । कोरोनाभाइरसले आक्रमण गरिसकेको अवस्थामा यो खालको दस्तावेज आउनु कताकता वामपन्थी पृष्ठभूमिका हाम्रा अर्थमन्त्री ज्यूले आफै पनि बामपन्थी साहित्यमा जेनेरल र पार्टिकुलर भनेको के हो ?

विशिष्ठ अवस्था भनेको के हो र ठोस अवस्था भनेको के हो ? यो कुरा बुझ्नमा उहाँ कन्फुयुज रहनुभएको अवस्था छ । यो दस्तावेज मन चिन्तित झोलाको रुपमा प्रस्तुत भएको छ । जहाँ जे पनि छ । के छैन यहाँ? हरेक चिज छ यहाँ तर छरिएको छ । डाइलुसन छ । डिजेनेरेसन छ । त्यसकारणले यसलाई रिस्ट्रक्चर गर्नुपर्ने , रिओरियण्ट गर्नुपर्ने अवस्था छ । ”

उनले सरकारले कुल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थय क्षेत्रमा विनियोजन गर्नुपर्ने आवश्यकता औल्याए । त्यसैगरी गरिब र तल्लो तहका जनतालाई भोकमरीबाट बचाउन २ खर्बको राहत प्याकेज घोषणा गर्नुपर्ने, कालोबजारी रोक्न बजार हस्तक्षेप गर्ने गरि योजना बनाउनुपर्ने, स्वदेशमै वेरोजगार बनेका तथा विदेशबाट फर्कनेलाई रोजगारी श्रृजनागर्ने र कृषि उत्पादकत्व र रेमिट्यान्स बढाउने गरि प्राथमिकता निर्धारण गर्न सुझाव दिए ।

त्यसैगरी चिकित्सा क्षेत्र र सुरक्षा निकाय थप मजबुत बनाउने गरि ती क्षेत्रमा बजेट बढाउन पनि उनले सुझाव दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top