विपन्न विद्यार्थीका लागि अभियान थाल्दै “पहिलो पाइला नेपाल”

विपन्न विद्यार्थीका लागि अभियान थाल्दै “पहिलो पाइला नेपाल”

विराटनगर ,सामाजिक कामका लागि शैक्षिक गुणस्तर उकास्न पहिलो पाईला नेपाल–विराटनगरले विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कलेक्सन अभियान सुरु गरेको छ । आगामी शैक्षिक सत्रदेखि विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका लागि सहयोग गर्ने अभिप्रायले पहिला पाईला नेपालले उत्त अभियान थालेको हो ।

आगामी शैक्षिक सत्रमा सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्य रहेको र सो अभियानलाई पारदर्शी बनाउने पहिलो पाईला नेपालका पुर्वाञ्चल संयोजक सुमन खड्काले बताए । यस अभियानलाई विश्वासनीय ढंगबाट सम्पन्न गर्न टिमबाट सर्वसाधारणको जानकारीको लागि केही सुचना समेत जारी गरिएको छ ।

जुन कुरा प्रस्तुत गरिएको छ ः

केहो शिक्षा अभियान ?
विपन्नताको उच्च रेखा मुनि रहेका विराटनगरका केही विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सहायता गर्ने हेतुले पहिलो पाइला नेपाल “विराटनगर” को आयोजनामा थालनी गरिएको अभियान हो । यस अभियानमा विराटनगरका सय विद्यार्थीहरुलाई कपी किताब लगायत स्टेशनरीसामाग्री वितरण गर्ने लक्ष्य लिइएको छ ।

यो कसको अभियान हो ?

शिक्षामा गुणस्तरीयता ल्याउन सक्ने हो भने परिवर्तन र विकास सम्भव छ भन्ने कुरालाई आत्मसात गर्दै पहिलो पाईला नेपाल “बिराटनगर” द्धारा आयोजना गरिएको एक अभियान भएतापनि यो आफ्नो गाउँ,ठाउँ ,समाज र राष्ट्रलाई माया गर्ने सम्पुर्ण नागरिकको अभियान हो यो ।

सामाग्री कसरी संकलन गरिन्छ त ?

भनिन्छ एक जनाले थुके सुकेर जान्छ हजार जनाले थुके नदी बन्दछ !! हो यही सिद्धान्तलाइ आत्मसात गर्दै सम्पुर्ण आफ्नो गाउँ, ठाउँ र राष्ट्रलाई माया गर्ने युवाहरुबाट आफुले सक्ने सहयोग गर्ने लक्ष्य रहेको छ ।

अभियानमा कसरी जोडिने ?

यस अभियानलाई सफल र प्रभाबकारी बनाउनका लागि हामीलाई तपाई जस्तै उत्साहि ,सक्षम युवा अनि जागरुक नेपाली चाहिन्छ । तपाई यस अभियानमा स्वयंसेवकका भुमिका निर्वाह गरि सहयोग संकलन गर्न देखि वितरणका प्रत्येक अवस्थामा तपाईको क्षमता र सीप अनुसारको सहयोग पु¥याउन सक्नुहुन्छ ।

अभियानमा समय दिन म असक्षम छु मैले के सहयोग गर्न सक्छु ?

सहयोगको भावनाका लागि तपाईलाइ धन्यवाद । यो सेवा विसुद्ध सामाजिक, गैरनाफामुखि र तपाइ हाम्रै स्रोत र साधनबाट सञ्चालन गर्न लागिएकोले यसका लागि आवश्यक  आर्थिक सहयोग समेत उपलब्ध गराउन सक्नुहुनेछ ।

मेरो सहयोग नकारात्मक प्रयोग त हुने होइन ?

तपाइको शंका स्वभाविक छ । तर तपाइ विश्वस्त हुनुहोस् । तपाइको सहयोगको सकारात्मक प्रयोगका लागि हामी पुर्णत सर्तकता र पारदर्शिता अपनाउने छौ । अभियानको खर्चका साथै सहयोगहरुको विवरण हाम्रो फेसबुक पेज मार्फत सार्वजनिक गर्नेछौ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.