×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

४० मुरीभन्दा बढी धान फलाए १ लाख पुरस्कार

२९ बैशाख २०७७

२९ बैशाख, पाँचथर ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो ।

Advertisement
Advertisement

यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको पुरस्कार दिइने भएको छ । यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ पारित गरेको थियो । सोही कार्यविधिका आधारमा कृषकलाई उक्त पुरस्कार दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । यो पुरस्कार आगामी आर्थिक वर्षमा मात्रै लागू हुनेछ । चालू आर्थिक वर्षभित्रै उत्पादन हुने खाद्यान्नको खेती भइसकेकाले आगामी आवबाट लागू हुने गरी पुरस्कार स्थापना गरिएको उनले जानकारी दिए ।

कार्यविधिमा एकै परिवारले उक्त परिमाणमा खाद्यान्न उत्पादन गर्नुपर्ने उल्लेख छ । उत्पादनको विश्वसनीयताका लागि छुट्टै अनुगमन समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइकोसमेत राम्रो व्यवस्था छ । तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको ब्यवस्था गरेको हो । ‘धेरै खेतीयोग्य जमिन बाँझिएका छन् । गाउँपालिकालाई जोड्न मुख्य सडक निर्माणाधीन अवस्थामा रहेकाले अभाव भएका बेला खाद्यान्न आपूर्ति गर्न पनि कठिन हुन्छ’, प्रमुख प्रशासकीय अधिृकत राईले भने, ‘यसैले कृषिउपज उत्पादनमा विशेष जोड दिएका हौँ ।’

यही गाउँपालिकाले कोभिड–१९ को महामारी र लकडाउनका कारण खाद्य सङ्कट हुने भन्दै खाद्यान्न प्रयोग गरी मदिराजन्य पदार्थ उत्पादन गर्न रोक लगाएको छ । गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादनका लागि खाद्यवस्तु बिक्री नगर्न स्थानीयवासी तथा व्यवसायीमा अपिलसमेत गर्दै आएको छ ।

पाँचथरमा नौ सय बढीको आरडिटी सम्पन्न

पाँचथरमा हालसम्म ९०० बढीको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) सम्पन्न भएको छ । दुई चरणमा गरी आइतबारसम्ममा यहाँका ९३६ जनाको आरडिटी परीक्षण सम्पन्न भएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीबाट आएका तथा तिनको सम्पर्कमा पुगेका गरी करिब २०० जनाको आरडिटी सम्पन्न भएको थियो ।

पछिल्लो चरणमा लकडाउनको समयमा राजधानी काठमाडौँसहित जिल्ला बाहिरबाट जिल्ला भित्रिएका तथा विदेशबाट आई लुकिछिपी बसेकाको शीघ्र परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

हालसम्मका परीक्षणमा यहाँका एक जनाको आरडिटीको नतिजा पोजेटिभ देखिएको थियो । तर स्वाब परीक्षण गर्दा ती व्यक्तिको नतिजा नेगेटिभ आएको थियो । जिल्लास्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिसहितका सरकारी निकायको पहलमा यहाँ १०५० थान शीघ्र डाइग्नोष्टिक परीक्षण किट मगाइ परीक्षण गरिएको हो ।

प्रदेश तथा सङ्घीय सरकारले किट उपलब्ध गराएका थिए । विदेशबाट आएका, काठमाडौँ तथा अन्य जिल्लाबाट आएका र तिनको सम्पर्कमा पुगेका अधिकांशको शीघ्र परीक्षण गरिएपछि यहाँका अधिकांश क्वारेन्टाइन खाली भएका छन् । शीघ्र परीक्षणपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइएको हो ।

पूर्वी तराईका झापामा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि यहाँ विशेष सतर्कता अपनाइएको छ । विशेषत सीमा नाका क्षेत्रमा कडाइ गरिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको त्रास कम हुँदै गएको छ । विदेश तथा जिल्ला बाहिरबाट आउनेहरु गाउँ केन्द्रित भएपछि विशेषत ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास बढेको थियो । तर ठूलो सङ्ख्यामा शीघ्र परीक्षणपछि यस्तो त्रास क्रमशः हटेको हो ।

सङ्क्रमितलाई अन्यको सम्पर्कमा पुग्न नदिन तथा ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास कम गर्न ठूलो मेहनत गर्नु परेको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । सबै सरकारी निकायको पहलपछि ठूलो सङ्ख्यामा शीघ्र परीक्षण सम्पन्न गरिएको उनले बताए । ‘बाहिरबाट आउनेहरु सबैको शीघ्र परीक्षणले सङ्क्रमणको जोखिम त घटाएको छ नै, गाउँलाई सुरक्षित पार्न र ग्रामीण जनजीवन सहज बनाउन मद्दत मिलेको छ’, समन्वय समितिका प्रमुख सापकोटाले भने ।

Advertisement

यस्तै पाँचथरका ४२ जनाको स्वाबको परीक्षणसमेत सम्पन्न भएको छ । कोशी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गरिएको हो । ‘एक कोरोना सङ्क्रमित युवतीसँगै एकै विमानमा नेपाल आएकादेखि आरडिटी पोजेटिभ देखिएका समेतको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ’, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले भने, ‘आवश्यक पर्दा थप शङ्कास्पद स्वाबसमेत परीक्षण गर्ने तयारी गरेका छौँ ।–रवीन्द्र काफ्ले /रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top