×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

सिमानामा काँडेतार वा पर्खाल लगाउन माधव नेपालको माग

२९ बैशाख २०७७

२९ बैशाख, काठमाडौँ ।
पूर्व प्रधानमन्त्रीएवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सँधैभरी विवाद गर्नु भन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सँधैभरी विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नुनै उपयुक्त हुने बताएका हुन ।

उनले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षाफौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नु भन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताए । उनले भने ‘जहाँपनि समस्या पाइराखेको छ । सीमा मिच्ने काम भइराखेको छ । पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ । बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ । त्यसपछि हुँदाहुँदा त सुरक्षाफौजको तैनादी र बाटो निर्माण गर्ने काम सम्मपनि भयो । त्यसैले नियमन गर्ने काममा ध्यान दिनप¥यो । नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ । अझ सीमै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा जानै पर्ने भो । यदि विवादै सधैंभरी गर्नु छ भने त्यो भन्दा राम्रो त त्यसलाई कन्ट्रोल गर्ने उपाय के हुन सक्दछ । कन्ट्रोल गर्ने उपायमा जानु प¥यो । यसको निम्ति काँडे तार लगाएर हुन्छ की पर्खाल खडा गरेर हुन्छ की सधैभरी विवाद गर्नु भन्दा त क्लियर गरिदिनु राम्रो हो ।’

Advertisement
Advertisement

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताए । नक्सामा विवाद हुँदा अनावस्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानकालागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताए । यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशितगर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने बताए । उनले सीमा र नागरिकको रक्षाकालागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षाकमीरुको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताए । उनले भने ‘हाम्रो आफ्नो सम्पूर्ण भूभाग सहितको आधिकारीक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाई गर्न भएन् र आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमित रुपमा नियमन गर्नुप¥यो र विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षाकर्मीहरुको लागि उचित प्रबन्ध गर्नुप¥यो ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टीकरण दिएकी छन् । उनले आफुले त्यस क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताइन् । उनले भनिन ‘मैले कहिल्यैपनि कहिं पनि लिम्पियाधुरा, कालापानी लिपुलेक नेपालको भूभाग होइन भनेको छैन् । र यो मन्त्रालयमा आइसकेपछि बरु हामीसित नभएका प्रमाणहरु कहाँ प्राप्त गर्न सकिन्छ त्यसको खोजिनिति गर्ने प्रमाणहरु संकलन गर्ने र यथेस्ट प्रमाणहरु जुटाउने कुरामा मैले महत्वपूर्ण भूमिका खेलेको छु ।’ मन्त्री आर्यालले २०३२ सालमा प्रकाशित गरिएको नेपालको नक्सा प्रचलनमा आएको र उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नरहेको तितो यथार्थ भएको कुरा भएको बताइन् ।

राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार रहेको भन्दै कहिं कतै खुट्टा कमाउँछन किभन्ने आशंका नगर्न समेत मन्त्री आर्यालले आग्रह गरिन् । बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सुघौली सन्धीले तय गरेको सीमाभित्रको अखण्ड नेपाल हामीले चाहेको तर विभिन्न कारण इतिहासमा भएका कमजोरीका कारण अहिले पनि समस्या रहदै आएको बताए । उनले भने ‘इतिहासमा रहदै आएका कमजोरीको कारणले आज यो समस्या बल्झिरहेको, कचल्टिरहेको एउटा घाउको रुपमा देखा परेको छ । हामी असर छिमेकीपनका आधारमा कुटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहन्छौं ।’

Advertisement

भारतले आफ्नो भूमि नभएको नकसा प्रकाशित गर्दा समेत हाम्रो सरकारले कुटनीतिक नोट लेख्ने काम बाहेक अरु केही गर्न नसकेको सांसद भीम रावलले बताए । उनले भारतले सुघौली सन्धी मिचेर नक्सा बनाउन सक्ने तर हामीले आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्न नसक्नुको जवाफ सरकारले दिनुपर्ने उनले बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top