पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि नर्भिक अस्पतालसंग लिखित जवाफ माग

३० बैशाख, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।

Advertisement

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७ सय ५० रुपैयाँ लिएको भेटिएपछि जवाफ माग गरिएको हो।

Advertisement

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २ सय ५० रुपैयाँ र बहिरङ्ग सेवाका लागि पाँच सय रुपैयाँ लिँदै आएको थियो।

लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर ७ सय ५० रुपैयाँ लिएको अनुगमनका क्रममा भेटिएको उनले बताए।

Advertisement

एक हजार २ सय ५० बाट ७ सय ५० रुपैयाँमा झारिएको वा पाँच सयबाट सात सय रुपैयाँ लिएका विषयमा लिखित जवाफ माग गरिएको उनले जानकारी दिए।
(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top