सांसदको अनुभव,‘सरकार भएको महसुस सर्वसाधरणले गर्न सकेनन’

२९ बैशाख ७७, मंगलबार

३० वैशाख, काठमाडौं ।
सांसदहरुले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री अभाव भएको तथा लकडाउनले सर्वसाधरणको दैनिकी कष्टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न स्थानमा अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पुग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले भारत लगायत विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद टेकबहादुर बस्नेतले सल्यानमा स्वास्थ्य परीक्षणको काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद दल बहादुर लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरे बमोजिमको सामाग्री तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्यामा सरकार भएको महसुस सर्वसाधरणले गर्न नसकेको आरोप लगाए । उनले भने “कोरोनाको कारण मुलुक लकडाउनमा छ । खै सरकार ? कहाँ छ सरकार ? के गरिरहेको छ सरकार ? हो,सरकार छ ।

हुने खानेको, लकडाउनमा कमिसन खानेको, भ्रष्टाचारीको दलालीको , विचौलियाको र अपहरण गर्नेको सरकार छ । विदेशबाट स्वदेश फर्कन खोज्नेको लागि सरकार छैन । तीनका लागि देश छैन । मालिकहरुको सरकार भन्छ तिमीहरु भाग्य भए त्यतै बाच नभए त्यतै मर ।”

सांसद डिला संग्रौला पन्तले कोरोना भन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा मृत्यु भएकाको शब ल्याउन नपाएको तथा विदेशमा अलपत्र परेका र भारतीय सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन माग गरिन ।

सांसद दामोदर भण्डारी र दिल कुमारीले विदेशमा अलपत्र परेका नेपालीलाई यथासिघ्र स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गरिन । सांसद दिपकप्रसाद भट्टले भारतमा काम गर्न गएका लाखौ नेपाली संकटमा रहेको भन्दै उनीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलेन्द्रप्रसाद बढूले चालु अधिवेशनको सुरु देखि नै प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको भन्दै सो को कारण संसदलाई जानकारी गराउन माग गरे । सांसद दुर्गा पौडेलले लकडाउनका कारण किसानहरु बढी मर्कामा परेको भन्दै किसानको मनस्थिति खस्कन नदिन बजार व्यवस्थापनको साथै अनुदानको व्यवस्था मिलाउन माग गरिन ।

सांसद देवप्रसाद तिमिल्सिनाले २०७७ बैशाख ५ गते आँधी हुरी र असिनाबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६,७,८,९ र १० र गढीमाई नगरपालिकाका केही वडाहरुका हजारौ विगाहामा लगाएको खेतिपाती नष्ट भएकाले तत्काल राहत उपलब्ध गराउन माग गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top