×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

अनलाइन कक्षाको कुनै शुल्क नलिन शिक्षा मन्त्रालयको आग्रह

३१ बैशाख २०७७

३१ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षामा कुनै शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समयमा अनलाइनबाट कक्षा सञ्चालन गरेका केही विद्यालयले शुल्क उठाउन थालेपछि सरकारले सो आग्रह गरेको हो ।

निजी विद्यालयले घरमा बसेका आफ्ना विद्यार्थीलाई पढ्ने वातावरण बनाउन भन्दै करिब दुई सातादेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालय सञ्चालकले कुनै पनि शुल्क नलिने उल्लेख गर्दै अनलाइन कक्षा शुरू गरेको जनाएको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षा शुरू गरे पनि त्यसको शुल्क नलिन आग्रह गरे ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले लकडाउन सकेर विद्यालय नखुलेसम्म कुनै प्रकारका शुल्क नलिने र विद्यालय शुरू भएपछि पुनः पठनपाठन शुरू गर्ने तयारीसहित अनलाइन कक्षा सञ्चालन गरेको स्पष्ट पारे ।

उनले भने, ‘विद्यार्थीको मन बहलाउनका लागि मात्र कक्षा सञ्चालन गरेका हौं ।’ प्याब्सनले त्यसो भनिरहँदा केही विद्यालयले भने ५ घन्टासम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।

छाउनीस्थित संस्कृति स्कुलले करिब ५ घन्टासम्म अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थीलाई तनाव दिएको एक अभिभावकले बताका छन् ।
तर, अधिकांश निजी विद्यालयले करिब दुई घन्टासम्म मात्र पढाउँदै आएको जनाएको छ । हिसानका महासचिवसमेत रहेका जेभियर्स स्कुलका प्रमुख कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले विद्यालय नखुलुन्जेलसम्म बानी पार्नका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।

त्यसै गरी ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।

प्याब्सन अध्यक्ष पुरी अध्यक्ष रहेको विराटनगरको एभरेस्ट स्कुलले पनि अनलाइन कक्षा सञ्चालन गरेको छ । लकडाउनको समयमा विद्यालयलाई हाजिर गराउने वातावरण कायम गर्न केही समयका लागि अनलाइनबाट कक्षा लिन थालेको विद्यालयले जनाएको छ ।

प्याब्सनका अनुसार करिब ४० प्रतिशत विद्यार्थीले अनलाइन कक्षा लिने गरेको प्रारम्भिक तथ्यांक छ । प्याब्सनका उपाध्यक्ष टीआर ढकालले विद्यार्थीलाई पाठ्यक्रमको बारेमा जानकारी दिन र पढ्ने बानी बसाल्न अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षालाई व्यवस्थितरूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको समितिले दिएको प्रतिवेदनको आधारमा काम शुरू गर्ने बताए ।

सो समितिले अहिले विकल्पसहित कसरी पढाउने भन्ने विषयमा अध्ययन गरिरहेको छ । प्रवक्ता शर्माले अनलाइन कक्षा पढाइको माध्यम नभई विद्यार्थीलाई प्रविधिसँग नजिक बनाउने मात्र भएको बताए । अधिकांश विद्यालयले गुगल जुमएप डाउनलोड गरी कक्षा सञ्चालन गरिरहेको छ ।

Advertisement

प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले शहरोन्मुख अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको बताए । रेडियन्ट स्कुलका अध्यक्ष ढुंगानाले आफ्ना विद्यार्थीका लागि सूचना र प्रविधिमा केही नजिक बनाउन कक्षा सञ्चालन गरिरहेको बताए । (रासस)

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top