×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

बीओपी स्थापनाका लागि सशस्त्र प्रहरीको टोली छाङ्गरु प्रस्थान

३१ बैशाख २०७७

३१ बैशाख, दार्चुला । ब्यास गाउँपालिका-१ छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापनाका लागि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा नेतृत्वको टोली बुधबार दिउँसो ब्यास प्रस्थान गरेको छ ।

सेनाको हेलिकप्टरमार्फत आवश्यक सामान बोकेर टोली ब्यास उडेको गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

Advertisement
Advertisement

सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्ट नेतृत्वमा सशस्त्र प्रहरीको टोली ब्यास गाउँपालिका- १ नितिकुण्डस्थित नेपाल प्रहरीको चौकीमा पहिलो चरणमा अवतरण गरेको थियो ।

दोस्रोपटक सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक थापा, प्रजिअ पौडेल, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लगायतको टोली ब्यास क्षेत्र उडेको हो ।

बुधबार काठमाडौंबाट दार्चुला पुगेको नेपाली सेनाको हेलिकप्टरले बीओपीका लागि आवश्यक सामान तथा सशस्त्र प्रहरी टोलीको बन्दोबस्तीका सामान ढुवानी गरिरहेको छ ।

सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको बीओपी स्थापना गरिएको गुल्मपति बिष्टले जानकारी दिए । उक्त स्थानमा ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामान हेलिकप्टरमार्फत ढुवानी गरिनेछ ।

Advertisement

भारतले गत शुक्रबार नेपाली भूमि लिपुलेक, कालापानीलगायत क्षेत्र अतिक्रमण गरी बनाएको सडक उद्घाटन गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो । त्यसपछि मात्रै सरकारले बीओपी स्थापनामा तदारुकता देखाएको हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top