१ जेष्ठ, वीरगञ्ज ।
वीरगञ्जको नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमितमध्ये एक पक्राउन परेका छन्।
बुधबार दिउँसो अस्पतालमा उपचार गर्दा गर्दै भागेका दुईजना भागेका थिए। भागेका मध्ये एकलाई बुधबार साँझ नै पक्राउ गरिएको थियो। अर्का संक्रमितलाई राती नै पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
भागेका एक जना धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरबाट पक्राउ परेका हुन् । उनी हरिहरपुर संक्रमितको मामा घर हो । उनी भागेर मामा घर हरिहरपुर आइपुगेपछि त्यहाँका स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका संक्रमितलाई नारायणी अस्पतालकै आईसोलेशनमा भर्ना गरिएको छ ।
बुधबार दिउँसो अस्पतालमा उपचार गराईरहेका दुईजना कोरोना संक्रमितहरु अस्पतालको दोस्रो तल्लामा रहेको आईसोलेशन कक्षको झयालबाट हाम फालेर भागेका थिए । भागेका दुई संक्रमित मध्ये एक जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित तिलावे पुलबाट प्रहरीले पक्राउ गरेको थियो ।