मेची अस्पतालले कोशी अस्पताललाई दियो आयुर्वेदिक औषधि

१ जेठ ७७, बिहीबार

१ जेठ, विराटनगर ।
मेची आयुर्वेदिक औषधालयले प्रदेश १ को कोशी अस्पताल कोभिड–१९ उपचारकेन्द्रलाई कारोना भाईरस (कोभिड–१९) को उपचारको लागि आवश्यक आयुर्वेदिक औषधि सहयोग गरेको छ ।

Advertisement

इलामको सुर्योदय नगरपालिकामा रहेको सो आयुर्वेदिक औषधालयका प्रतिनिधिले बिहीबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सहयोग बापतको औषधी हस्तान्तरण गरेका हुन् ।

औषधालयले कोरोना भाईरसको उपचार तथा रोकथामकालागि स्वास्थ्यतथा जनसंख्या मन्त्रालयद्धारा स्वीकृत च्येवनप्राश,अश्वगन्धाचूर्ण, गुडुची चूर्ण र यस्तिमाधातु चूर्ण नामका औषधि ५०÷५० पीएल उपलब्ध गराएको छ । ती औषधिहरु स्वास्थ्य जीवन कार्यक्रम अन्तर्गत सहयोग गरिएको औषधालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top