२ जेठ, काठमाडौँ ।
सरकारले कोभिड-१९ महामारी पछि थप रणनीति र कार्ययोजना तय गरी क्षेत्रगत तथा विशेष किसिमका कार्यक्रम सरकारले तय गर्ने बताएको छ ।
शुक्रबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीका कारण रोजगारी गुमाएकाहरु श्रमिक तथा साना किसानलक्षित गरि कार्यक्रमहरु ल्याउने बताएकी हुन् ।
नीति तथा कार्यक्रममा असहाय, गरिब तथा विपन्नलाई लक्षित गरी स्वास्थ्य, शिक्षा र सीप विकास तालिमका कार्यक्रम ल्याउने जनाइएकाे छ। यस्तै रोजगारी एवं आय आर्जन विशेष कार्यक्रमहरुको पनि सरकारले सञ्चालन गर्ने जनाइएकाे छ ।