भारतीय सेनाध्यक्षले नेपालको अपमान गरे

२ जेठ, काठमाडौँ ।
भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले लिपुलेखमा मानसरोवर जाने भारतले निमार्ण गरेको सडकबारे नेपालले अरू कसैको निर्देशनमा आपत्ति जनाएको आरोप लगाएका छन् । नरभानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् ।

नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको दाबी गर्दै नेपालले अरु कसैको ईसारामा विरोध गरेको उनले जिकिर गरेका हुन्। उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबीसमेत गरेका छन् ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले गतसाता धार्चुलाबाट मानसरोवर जोड्ने सडकको उद्घाटन गरेका थिए ।नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाई कूटनीतिक नोट दिएको थियो। भारतीय कदमको विरोधमा जनस्तरमा पनि प्रदर्शन हुँदै आएका छन्।

Advertisement

यसबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। नेपालका सबै दलले भारतले कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउन कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका छन्।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top