काठमाडौँको कपन बस्ने एक युवतीलाई कोरोना संक्रमण पुष्टि

३ जेठ ७७, आइतबार

४ जेष्ठ, काठमाडौँ ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

कपनको तेन्जिंग चोकमा एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले जानकारी दिए ।

फर्निचर उद्योगमा कार्यरत चारजना मजदुर लकडाउनकै बीच तराईबाट काठमाडौँ आएको सूचना प्राप्त भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्येकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मेयर खरेलले जानकारी दिए । उनका अनुसार संक्रमित युवतीलाई अहिले पाटन अस्पताल भर्ना गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top