बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

४ जेष्ठ, काठमाडौं । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवक कोरोना संक्रमित भएको खुलेको छ ।

Advertisement

भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि गत बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Advertisement

आइतबार मृत्यु भएका युवक गत बैशाख ३० गते भारतबाट फर्किएका थिए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top