४ जेष्ठ, काठमाडौं । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवक कोरोना संक्रमित भएको खुलेको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
यसअघि गत बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
आइतबार मृत्यु भएका युवक गत बैशाख ३० गते भारतबाट फर्किएका थिए । (रासस)