महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय

४ जेठ, काठमाडौं ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरेको छ। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले यो निर्णय गरेको हो ।

Advertisement

अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको काठमाडौंका सह–न्यायाधिवक्ता नुमराज खनालले बताए । उनले अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेको जानकारी दिए ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि भन्दै रायसहितको प्रतिवेदन पेश गरेका थिए ।

Advertisement

जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको १४ वैशाखमा काठमाडौं प्रहरी परिसरमा टेकुमा जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेपछि सरकारी वकिलको कार्यालय, काठमाडौंले उनको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top