दिवेश (आर्थर गन) अमेरिकन आइडलको फाइनलमा प्रवेश

५ जेष्ठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् ।

अन्तिम पाँचमा पर्न सफल भएसँगै उनी फाइनलको उपाधिको प्रतिष्पर्धामा प्रवेश गरेका छन् । यो घोषणासँगै उपाधिका लागि खुल्ला गरिएको मतदानको समय सकिएपछि बन्द गरिएको छ । अब परिणामको प्रतीक्षा रहेको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि शुरु भइसकेको छ । यस राउण्डमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुती दिनेछन् ।

Advertisement

सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछ । कोरोना भाइरसको महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन अन्तिम प्रतिष्पर्धाको टप ५ मा प्रवेश गरेका छन् ।

उपाधिकै दावेदार मानिएका २२ वर्षीय दिवेश काठमाडौंको रविभवनमा जन्मेर उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top