थप ९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३ सय ४ पुग्यो

५ जेष्ठ, काठमाडौं । सोमवार विहान रौतहटका ८ जना र बाराको एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

Advertisement

जनस्वास्थ्य प्रयमेगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटका ७ जना पुरुष र एक जना महिला र बाराको एनजना पुरुषमा संक्रमण देखिएको हो । संक्रमित हुने सबै २१ देखि ३८ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् ।

Advertisement

हालसम्म संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले उल्लेख गरेको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top