भेरी बबईमा २ अर्बको ठेक्का रद्द

५ जेठ ७७, मंगलबार

५ जेठ, सुर्खेत ।

बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि गरिएको रु दुई अर्बको टेण्डर रद्द भएको हो ।

पाँचवटा कम्पनी प्रतिष्पर्धामा इच्छुक भए पनि बन्दाबन्दीका कारण काम हुने सम्भावना नदेखेपछि जलस्रोत तथा सिँचाइ विभागले उक्त टेण्डर रद्द गरेको जनाइएको छ । आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बन्दाबन्दीका कारण काम नहुने तर ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने भएकाले ठेक्का रद्द भएको जानकारी दिए । ‘अहिले सिभिल निर्माणको काम भइरहेको छ, हाइड्रोमेकानिकलको काम पनि सँगसँगै हुनुपर्ने हो’, उनले भने, ‘लकडाउनले गर्दा सिभिलको काम पनि सोचेजस्तो गतिमा हुन सकेको छैन, बर्खा अघि सक्नुपर्ने महत्वपूर्ण काममात्र भइरहेको छ, लकडाउनले हाइड्रोमेकानिकलको कामलाई असर पार्ने देखियो ।’

Advertisement

सम्झौता हुँदा ठेकेदारले काम नभए पनि क्षतिपूर्ति दाबी गर्ने भएकाले राज्यलाई अनावश्यक आर्थिक दायित्व पर्न नदिन ठेक्का रद्द गरिएको उनको भनाइ छ । विसं २०७६ साउनदेखि आयोजनाको दोस्रो चरणका काम शुरु गरिएको थियो । दोस्रो चरणअन्तर्गत हेडवक्र्स, सर्जसाफ्ट, पेनस्टकलगायत बाँध (ड्याम) र विद्युत् गृह (पावर हाउस) निर्माणका कार्यहरु पर्छन् । हाइड्रोमेकानिकलसम्बन्धी दुई ठूला ठेक्का रद्द भएपछि आयोजनाको काम लम्बिने भएको छ । सूचना अधिकारी उपाध्यायले ८–९ महिनादेखि तयारी गरिएको काम रद्द भएपछि निर्माण अवधि लम्बिने निश्चित भएको बताए । चार वर्षभित्र निर्माण पूरा गर्न आयोजना व्यवस्थापनलाई कठिन हुने उनले बताए । बाँधस्थलमा पुलसहितको ६ वटा गेट र पेनस्टक पाइप निर्माणका लागि गरिएको टेण्डर रद्द भएपछि पुनः लागत मूल्याङ्कन गरेर टेण्डर गर्न समय लाग्नेछ ।

आयोजनाका अनुसार हाइड्रोमेकानिकलअन्तर्गत गेट, पेनस्टक पाइपको काम पर्छ । बाँध बनाइसकेपछि नदीको पानी खोल्न र बन्द गर्न गेटको प्रयोग गरिन्छ । सुरुङभित्र पानी पठाउन गेटको आवश्यकता पर्छ । सुरुङबाट बाहिर निस्केको पानीलाई फलामको पाइप (पेनस्टक) को सहायताले विद्युत् गृहसम्म लगेर टर्वाइनमार्फत बिजुली निकालिन्छ । पछिल्लोपटक उक्त कार्यका लागि बोलपत्र आह्वान गरिएको थियो । यद्यपि, जलस्रोत तथा सिँचाइ विभागले लकडाउनका कारणमात्र नभई सार्वजनिक खरिद ऐनको भावनाअनुसार प्रतिस्पर्धा हुन नसक्दा ठेक्का रद्द भएको बताएको छ ।

Advertisement

रु ३३ अर्ब १९ करोड लागतको यस बहुउद्देश्यीय आयोजनाको हालसम्म ३९।४ प्रतिशत भौतिक तथा ३१.६० प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धिमा पर्छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउनको नीति अपनाएसँगै आयोजनाको काम प्रभावित हुन नदिन केही सिभिल निर्माणका कार्य सञ्चालनमा छन् । सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले कोभिड–१९ विरुद्धको सावधानी अपनार्ई बर्खाअघि सम्पन्न गर्नुपर्ने केही महत्वपूर्ण कार्यलाई निरन्तरता दिएको छ । यसअन्तर्गत नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) र सुरुङ फिनिसिङको काम भइरहेको छ ।

सरकारले ठूला आयोजनाको निर्माण कार्य जारी राख्न कामदारलाई क्लोज क्याम्पमै राख्नुपर्ने, एक मिटरको दूरी कायम गरी काममा लगाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्नेलगायतका निर्देशन दिएको छ । बाँधस्थल चिप्लेमा हाल १३० जना कामदार कार्यरत छन् । सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै बसोबासको व्यवस्था मिलाइएको छ ।

अमेरिकी कम्पनीले निर्माण गरेको चालकरहित अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेशिन (टिबिएम) को सहायताले २०७५ चैतमै १२ किमी २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको थियो । फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम बाँकी रहेकाले निर्माण कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक) ले सिँचाइ विभागलाई सुरुङ हस्तान्तरण गरेको छैन । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्काअघि बढाउने सम्झौता भएको थियो ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गर्नाका साथै प्रदेश नं ५ को बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण थालिएको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top