प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमित संख्या ५४ पुग्यो

५ जेठ ७७, मंगलबार

६ जेष्ठ, विराटनगर ।
प्रदेश १ को कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका २ जना गरी प्रदेश १ मा ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच, मंगलबार बिहान सुनसरीका दुईजनामा कोरोना संक्रमण देखिएको थियो ।

Advertisement

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए । प्रदेश १ मा संक्रमितको संख्या अब ५४ पुगेको छ । उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका १७ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् ।पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा साढे १२ हजारभन्दा बढीको परीक्षण गरिएको छ । जसमध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

आरडीटी विधिबाट ९ हजार ४ सय ७३ जनाको परीक्षण भएको प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top