×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

नेपाल उक्साहटमा लाग्यो भन्नु नेपालको अपमानः प्रधानमन्त्री

६ जेष्ठ २०७७

६ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति सरकार समर्पित रहेको स्पष्ट पारेका छन् ।

नीति तथा कार्यक्रममाथि जवाफ दिईसकेपछि सांसदहरुले राखेको प्रतिप्रश्नको जवाफ दिदै उनले सरकार कसैको दबाबमा नपरेको तथा नेपाल र नेपालीको सार्वभौम, समानता, स्वाधिनता र स्वभिमानलाई प्राणभन्दा प्यारो ठानेर त्यसैमा समर्पित भएको स्पष्ट पारेका हुन् ।

Advertisement
Advertisement

उनले सिमा अतिक्रमणको विषय उठाएकोमा ‘अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको भन्दै उनले नेपाल कसैको उक्साहटमा नपर्ने स्पष्ट पारे । उनले भने “गुलामीलाई कहिल्यै स्वीकार नगरेको, स्वभिमानका निम्ति बलिदान गरेको, दासता अस्वीकार गरेको स्वाभिमानी राष्ट्र हो ।

कसैको उक्साहट र बहकाबमा चल्दैन । सबैले बुझ्ने गरि म भन्न चाहन्छु ।”

सिमा अतिक्रमणबारे

अतिक्रमित जमिनफिर्ता लिन सहज नभएपनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको भन्दै मुलुकको शक्तिले न्याय निरुपणमा प्रतिबिम्बित हुनु हुदैन भन्ने पक्षमा सरकार रहेको स्पष्ट पारे ।

उनले विवादित भूमिको समस्या समाधान गर्नकालागि भारत बार्ताको टेबलमा बस्नुको विकल्प नभएको र वार्तामा सहभागी हुनेछ भन्ने विश्वास सरकारले लिएको बताए । नेपाल सरकार भारतसँग तनाब नभई तनाबरहित मित्रता चाहेको भन्दै उनले भूमि सम्बन्धी इतिहासका त्रुटी सच्याएर मित्रतालाई उचाईमा लैजानुपर्नेमा जोड दिए ।

उनले भूमि सम्बन्धी विवाद तथ्य र वार्ताका आधारमा टुंग्याएर वास्तविक र मन देखिको मित्रता देखाउन भारतलाई नेपाल सरकारले आग्रह गरेको बताए ।

ओम्नी बारे

प्रधानमन्त्रीओलीले स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको प्रमाणित भए कारवाही गरिने प्रतिवद्धता जनाए ।

उनले भने “यदि कसैले एक रुपैया पनि तलमाथि गरेको छ भने, भ्रष्टाचार गरेको छ भने, अनियमितता गरेको छ भने, त्यस विषयमा छानविन हुन्छ । कारवाही हुन्छ । कोहीपनि कारवाहीबाट उम्कन सक्क्तैन । तर हरेक कुरामा भ्रष्टाचार मात्रै देख्नु र अप्रमाणित ढंगले, जो मन परेको छैन । जो रिस उठेको छ त्यससंग लगेर जोडिदिनु ।

स्वस्थ्य तरीका होइन । यो हाम्रो भ्रष्टाचार विरोधी भावना र अभियान पनि हुन सक्क्तैन । ”स्वास्थ्य संकटको राष्ट्रिय स्थितिमा भएका बेला स्वास्थ्य अवस्थाको जटिल परिस्थितिका कारण कानुनको वास्ता नगर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।

सामान्य अवस्थाको खरिद प्रक्रिया नभई विशेष अवस्थाको खरिद प्रक्रिया भएको दाबी गर्दै उनले निराधार कुरा नगर्न पनि चेतावनी दिए । विशेष अवस्थामा मन्त्रालय र सम्बन्धीत विभागका प्रमुखले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट अघि बढाउन पाउने र स्वास्थ्य विभागका निर्देशकले ती काम गर्ने उनले स्पष्ट पारे ।

उनले “एउटा एउटा कम्पनीको पक्ष लिने, एउटा एउटा कम्पनी बोकेर हिड्ने र त्यो कम्पनीले पाउनु पथ्र्यो भन्ने । त्यसले पाएन भने उपध्रो मच्चाउने खालका प्रवृत्तिहरुको शिकार हामी हुनुहुदैन । ओम्नी भनेको मैले सुनेको पनि थिएन । कसको के हो थाहा पनि थिएन । र व्यापार बिजनेसको कारोबार मेरो विषय होइन । ”

Advertisement

जाँच किटमा पनि भ्रष्टाचारको भन्ने सांसदहरुको प्रश्नमा उहाँ देशै आतंकित भएका बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने आश्वासन दिए । उनले भने जाँचतिर लाग्ने कि भ्रष्टचार तिर ?जाँच संगै भ्रष्टचारमा सजग हुने ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top