हवाइ उडान तथा सिमा नाका जेष्ठ मसान्तसम्म बन्द रहने

८ जेष्ठ, काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान जेठ मसान्तसम्म बन्द रहने छ ।

Advertisement

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

यसअघि जेठ १८ गते सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो। मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top