×

NEPAL TIMES UPDATES

Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026

दार्चुलाबाट नेपाल–भारत जोड्ने सिमामा रहेको पुल केही समयका लागि खुल्ला

८ जेष्ठ २०७७

८ जेष्ठ, दार्चुला । दार्चुलाबाट नेपाल–भारत जोड्ने सिमामा रहेको पुल आज बिहीबार केही समयका लागि खोलिएको छ ।

लकडाउनले बेंसीमै अड्किएका व्यासी सौका समुदायलाई कुन्चा (बसाइँ) सर्न दिने, सीमापारि रहेका नेपालीलाई भित्र्याउने र दार्चुलामा रहेका भारतीयलाई उनीहरूको देश फर्काउने उद्देश्यले केही समयका लागि नाका खोलिएको हो ।

Advertisement
Advertisement

पहिले कुन्चा, त्यसपछि भारतीय नागरिक पठाउने र अन्तिममा नेपाली नागरिकलाई नेपाल ल्याइने कार्यतालिका छ ।

व्यास गाउँपालिका–१ का सौका समुदाय स्वदेशबाट बाटो नहुँदा भारत हुँदै तीन–चार दिन हिँडेर थातथलो फर्कनुपर्छ । व्यासी सौकालाई बसाइँ सर्न र नेपाल–भारतमा रोकिएका नागरिकलाई आ–आफ्नो देश फर्काउन दुवै देशका स्थानीय प्रशासनको समन्वयमा केही बेर खलंगास्थित अन्तर्रा्ष्ट्रिय नाका खोलिएको सहायक प्रजिअ टेकसिंह कुँवरले बताए ।

चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म व्यास पुगिसक्ने कुन्चा यस वर्ष लकडाउनका कारण बेंसीमै रोकिएको थियो । चिसो मौसममा बस्ने पशुचौपाया हिमाली क्षेत्र जान नपाउँदा केही बेंसीमै गर्मीले मरेका थिए ।

भारतीय नागरिकसमेत नेपालमा रोकिएकाले भारतीय प्रशासन पनि नाका खोल्न सहमत भएको हो । दार्चुला सदरमुकाममा ३० जना भारतीय नागरिक रहेको तथ्यांक जिल्ला प्रशासन कार्यालयसँग थियो ।

Advertisement

यही बेला भारतीय बजार क्षेत्र धारचुलामा रहेका नेपाली नागरिकलाई पनि नेपाल प्रवेश गराइरहेको प्रशासनले जनाएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top