विश्वमै दूरसञ्चार सेवामा उच्च कर भएका दश मुलुकमा नेपाल पनि

८ जेठ ७७, बिहीबार
Share this
739shares

८ जेष्ठ, काठमाडौं । दूरसञ्चार सेवामा उच्च कर भएका दश मुलुकमा नेपाल पनि परेको छ । सन् २०१८ को तथ्यांककै आधारमा नेपाल संसारमै दूरसञ्चार कर धेरै भएका दश मुलुकमा नेपाल परेको छ ।

Advertisement

इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार नेपाल उच्च कर भएको मुलुकमा परेको हो ।

फोन गर्दा, इन्टरनेट चलाउँदा तथा अन्य दूरसञ्चार सेवा उपभोग गरेबापत नेपालका करदाताहरुले २६ प्रतिशत कर तिर्नुपरिरहेको आइटियुले उल्लेख गरेको छ।

Advertisement

धेरै कर लाग्ने मुलुकहरुमा जोर्डन, ब्राजिल, इजिप्ट, श्रीलंका जस्ता मुलुक छन् ।

नेपालमा सन् २०१८ को तथ्यांकलाई आधार मानिएका कारण करको दर २६ प्रतिशतमात्र देखिएको हो । पछिल्लो समय सरकारले लगाएको दूरसञ्चार शुल्कको नाममा १३ प्रतिशत कर लिइरहेको छ । यसले गर्दा आइटियुले उल्लेख गरेभन्दा पनि धेरै कर नेपाली उपभोक्ताले तिरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top