नेपाली र भारतीय युवाबीच अनुभव साटासाट

२१ चैत ७४, बिहीबार

काठमाडौँ, २२ चैत ः नेपाल र भारतका युवाबीच आ–आफ्ना देशका युवाले खेलेको भुमिकाबारे अनुभव साटासाट भएको छ ।
राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो ।

Advertisement

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र भारत पक्षका युवाबीच अनुभव आदानप्रदान हुँदा धेरै ज्ञान हासिल भएको बताए ।

उनले छोटो समयमा नै परिषद्ले युवाका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गदै नेपाल र भारतका युवाको अवस्था एकैनाशको भए पनि भारतीय युवाले नेपालको भन्दा बढी फड्को मारेको बताए ।

Advertisement

उनले नेपालमा युवामा भएको क्षमतालाई परिषद्ले प्रस्फुटन गराउने कार्य गरिरहेको जानकारी गराए ।

कार्यकारी उपाध्यक्ष ढुंगेलले अनुभव आदानप्रदान कार्यक्रमले नेपाल र भारत दुवै देशको संस्कृति, भूगोल र विकासका लागि बुझ्न सजिलो हुने बताए।

Advertisement

कार्यक्रममा भारतीय युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जिएस चित्राले नेपाली युवामा क्षमता भए पनि अवसर नपाएको बताए ।

उनले यहाँका युवालाई अवसर सिर्जना गरी मुलुकको आर्थिक विकासमा लगाउनुपर्ने धारणा राखे । उपसचिव चित्राले भारतीय युवाले स्वमंसेवकको रुपमा काम गरेर राष्ट्रलाई महत्वपूर्ण सहयोग गरिरहेको भन्दै त्यसबाट नेपाली युवाले पनि सिक्नु पर्ने आँैल्याए ।

परिषद्का विज्ञान तथा प्रविधिविज्ञ खिम पन्थीले भारतीय युवाले प्रविधिमा हासिल गरेर आर्थिक विकासमा सहयोग पु¥याएको उल्लेख गर्दै नेपालका युवाले पनि भारतीय युवाबाट सिकेर यहाँको आर्थिक विकासमा सहयोग पु¥याउन सक्ने बताए ।

कार्यक्रममा भारतबाट विभिन्न क्षेत्रमा क्रियाशील ४८ जना युवा अनुभव आदानप्रदान गर्न नेपाल आएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top