×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

८ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(लग्यो कोरोनाले)
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो / ४ सय ५३ जना संक्रमित /४९ जना उपचार पछि निको भए ।

Advertisement

२.(परीक्षणको डाटा)
अहिलेसम्म पीसीआरबाट ३८ हजार ७ सय ३६ जनाको र आरडिटीबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण /देशभर २५ हजार ३० जना क्वारेन्टाइनमा ।

३.( कतै उपयुक्त कतै अनुपयुक्त)
सरकारले निजी अस्पतालहरूलाई र्यापिड टेस्ट गर्न ९ वटा कम्पनीका किट सिफारिस /ती किटले आइजिजी र आइजिएम छुट्याउने भन्दै अब ती किट प्रयोग गर्ने सरकारको सोच ।

४.(उपत्यका नछिर्नुस है)
लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशलाई पूर्णरुपमा सील गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृहमन्त्रालयको अनुरोध /अब उपत्यका प्रवेशमा थप कडाई हुने ।

५.( भारतलाई जवाफ दिइन्छ)
भारतले नेपालको नयाँ नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्न नेपाल तयार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रतिक्रिया /सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारमा नयाँ नक्सा प्रकाशित गरिएको दाबी ।

६.(मनन् योग्य विचार)
खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिँदै /खाली रहेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाई ।

७.(जान्छु भन्नेलाई के भन्नु)
दाङका इँट्टाभट्टामा काम गर्ने हजारबढी भारतीय मजदूरहरुलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छाडियो /मजदूर घर फर्किन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिए पछि सिमामा लगेर छोडिएको प्रहरीको भनाइ ।

८.(संक्रमणको भय)
नेपालगञ्जको जमुनाह नाकाबाट हजार बढी नेपालीहरु भित्रिए/ उद्धार गरिएकालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाइयो /दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल बिहीबार केही घण्टाका लागि खोलियो ।

९.(विभेद नहोस)
मधेसी समुदायलाई होच्याएको भन्दै विभिन्न टेलिभिजनबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न प्रदेश २ सरकारको संघीय सरकारसँग माग /सीमित व्यक्तिको रमाइलोका लागि मधेसीलाई होच्याउने, अपमान गर्ने काम भइरहेको आरोप ।

१०.(कतारको कानुन)
कतारमा पहिलो पटक एक नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिइयो /कतारी नागरिकको हत्या गरेको ठहर गर्दै महोत्तरीका अनिल चौधरीलाई अदालतको फैसला अनुसार मृत्युदण्ड ।

११.(कलियुगका कुपुत्र)
विराटनगर १४ निवासी ६९ वर्षीय सिताराम चौहानको हत्या आरोपमा दुई छोरा रोहित चौहान र नागेन्द्र चौहान पक्राउ /पैसाको निहुँमा बाबु छोराबीच विवाद हुँदा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेर शव खाटमुनी गाडेको अवस्थामा फेला ।

१२.( भत्ता रोकियो)
सरकारले एकल महिला र अपांगता भएकाले पाउदै आएको सुविधा कटौती गरेपछि सर्वोच्चमा रिट दायर गर्ने तयारी/६० वर्ष मुनिका एकल महिला र निलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुको भत्ता रोक्न गृह मन्त्रालयको स्थानीयतहलाई पत्र ।

१३.(कोरियाको बाटो खुल्यो)
भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई दक्षिण कोरिया लैजान कोरिया सरकार तयार / हरेक वर्ष झैं यस वर्ष पनि सात हजार नेपाललाई दरबन्दी ।

१४.(मजाक होइन कोरोना)
कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखको पुनः चेतावनी/विश्वव्यापी रूपमा संक्रमित संख्या ५० लाख नाघेपछि डब्लुएचओद्वारा चिन्ता व्यक्त ।

१५.( संक्रमितको तथ्याङ)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख ३० हजार बढीको मृत्यु /५१ लाख बढी संक्रमित /३० लाख ३५ हजार बढी निको भएर घर फर्किए ।

Advertisement

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top