धरानबाट लागुऔषधसहित ३ जना पक्राउ

११ जेठ ७७, आइतबार
Share this
771shares

११ जेष्ठ, सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिका १३ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना परेका छन् ।

Advertisement

धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १३ की २६ बर्षीया समिया लिम्बु, धरान १३ कै २९ बर्षीय मन्दिप मगर र धरान १५ का ४३ बर्षीय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद सहित शनिवार राती ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top