भोकाको पेट भर्दै विराटनगरकी दन्त चिकित्सक मीरा आचार्य

११ जेठ ७७, आइतबार

११ जेठ, विराटनगर ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस पछिल्लो समय नेपालमा पनि दिन प्रति दिन बढ्दै गएको छ । दिनहु नयाँ संक्रमित थपिईरहेका छन् । बढ्दो संक्रमणले थप सजगता अपनाउनुपर्ने आवश्यकता देखिएको छ भने संक्रमण रोक्न जारी गरिएको लकडाउनले धेरैको चुलोबल्न छाडिसकेको छ । विपत्तको यो बेला सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्दै आईरहेका छन् ।

Advertisement

यसैबीच दन्त चिकित्सक डा. मीरा आचार्यले महामारीको समयमा आफ्नो पेशागत काम बन्द प्राय भएपनि सामाजिक कार्यमा खटिएकी छिन् ।महामारीसँग लड्न समाजलाई योगदान दिने बिचारले देश विदेशमा विभिन्न पेशामा आबद्द ब्यक्तिहरुसँग मिलेर मीराले गरिबको घरमा राहत वितरणदेखि महामारीसँग लड्न सरकारलाई स्वास्थ्य उपकरण समेत प्रदान गर्दै आईरहेकी छिन् ।

Advertisement

 

आचार्य को संयोजकत्वमा गत हप्ता बिराटनगर लगायत वरपरका विभिन्न ठाउँमा राहत वितरण गरिएको छ । गत हप्ता तेतरिया ,पीचरा, सीतापुर, मिलनचोक, कन्चनबारीका साथै सुनसरीको गछ्या लगायतका स्थानहरुमा २ पटक गरेर १ सय २५ परिवारलाई राहत वितरण गरिएको डा. आचार्यले बताइन् । एक परिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी चना,१ लिटर खानेतेल, २ केजी आलु, १ केजी प्याज ,नुन, बेसार, तरकारी मसला १ केजि चिउरा, सावुन, १२ प्याकेट बिस्कुट लगायत करिब १५ सय रुपैँया बराबरको राहत सामाग्री बितरण गरिएको उनले बताइन् ।

Advertisement

त्यस्तै गरेर २० थान पीपीइ ( ग्लोभ्स, हेड क्याप, एन नाइन्टी फाइभ माक्स ) प्रदेश १ सामाजिक विकास मन्त्रालय र १० थान कोशी अस्पतालका मेशुलाई हस्तांतरण गरिएको उनले जानकारी दिइन् । डा. आचार्यकै संयोजकत्वमा बिराटनगरको रोडसेस चौक देखि कन्चनबारी हुँदै पानीटंकी,हाटखोल चौक,कोशी अस्पताल चौकको क्षेत्रमा खटिएका महामारीसंग लड्न सघाउनेप्रहरी तथा विमारी बोक्ने एम्बुलेन्स चालकलाई ग्लोभ्स र स्यानिटाइजर वितरण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top