विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु

११ जेठ ७७, सोमबार

११ जेठ, जेनेभा।

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार १८३ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २६९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६७५ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

Advertisement

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ७३५, फ्रान्समा २८ हजार ३३२, स्पेनमा २८ हजार ६७८, बेल्जियममा ९ हजार २३७, जर्मनीमा ८ हजार ३६६ र नेदरल्यान्ड्मा ५ हजार ८११ जनाको मृत्यु भएको छ ।

Advertisement

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २२ हजार १६५ जनाको मृत्यु भएको छ । यसैगरी, इरानमा ७ हजार ३५९, मेक्सिकोमा ७ हजार १७९, क्यानाडामा ६ हजार ३५५ र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

रासस / एएफपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top