ज्योतिषी र किराना पसलेलाई कोरोना संक्रमण

११ जेठ ७७, सोमबार

१२ जेष्ठ, काठमाडौँ ।
काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमाफर्त कोरोना पुष्टि भएको जानकारी गराएको हो । संक्रमित टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको छ। यस्तै टोखा ६ का अर्का संक्रमित स्थानीय किराना पसले रहेको खुलेको छ।

टोखा ३ का संक्रमित पुरुषले यसअघि कोरोना संक्रमणका कारण निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी सँगसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ। ती महिलाको जेठ चार गते धुलिखेल अस्पतालमा निधन भएको थियो। उनको सम्पर्कमा रहेको व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top