विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै उद्दार गरिन्छ : प्रधानमन्त्री

१२ जेठ,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

सोमबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा प्रधानमन्त्रीले अप्ठ्यारोमा परेका नेपालीको बारेमा विभिन्न देशका सरकार प्रमुखसँग वार्ता पनि गरेको बताउँदै स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताए ।

उनले भने–“कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना” सहितको आदेश तत्काल जारी गरिने छ । विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top