×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026

यस वर्षको इस्लाम धर्मावलम्बीको महान पर्व ईद घर भित्रै मनाईयो

१२ जेष्ठ २०७७

१२ जेठ, विराटनगर ।
आपसी भातृत्व, सुख, शान्ति र समृद्धिको कामना गर्दै इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाइरहेका छन् । एक महिनासम्मको कठोर उपबास र श्रद्धापूर्वक मनाइएको रमजान अर्थात रोजाको समाप्तिसँगै आइतबार साँझ देखिएको चन्द्रमाको दर्शनपछि सोमबार ईद मनाईएको हो । लकडाउनका कारण सबैक्षेत्र प्रभावित भएको सन्दर्भमा इस्लाम धर्मालम्बीको महान पर्व ईदसमेत प्रभावित भएको छ । यस वर्ष श्रद्धालुहरुले घरआँगनमै नमाज पढेर ईद मनाइरहेका छन् ।

रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाएका छन् । अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज आदा गरी ईद–उल–फित्र मनाउने गर्दछन् ।

Advertisement
Advertisement

अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ । ईदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ । ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ ।

यसवर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रुपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको थियो । मुस्लिम आयोगले समेत देशभरिका इस्लाम धर्मावलम्बीलाई लकडाउनको पालना गर्दै घरघरमै सुरक्षित रुपमा इद मनाउन आग्रह गरेअनुसार सामाजिक दुरी कायम गर्दै घरघरै इदको नमाज पढिएको हो ।

त्यसैले ईदका दिन आज सवै मस्जिद सुनसान देखिए । मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । यस दिन रोजापर्व बस्ने रोजेदारहरुले ३० दिनपछि पहिलोपटक दिनको खाना खाने गर्छन् । इदको अवसरमा ठूला–साना सबैले नयाँनयाँ लुगा लगाएर एकअर्कालाई शुभकामना आदानप्रदान गर्ने चलन रही आएको छ । ईदको अवसरमा गरिब र असाहायहरुलाई भिक्षा दान र सहयोग गर्ने चलन छ । सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको थियो ।

Advertisement

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top