सुर्खेतका थप १२ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६ सय ९४ पुग्यो

१३ जेष्ठ, सुर्खेत । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगेको छ । कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुगेको छ ।

Advertisement

भारतबाट घर फर्किएकाहरुको प्रदेश अस्पतालमा रहेको प्रयोगशाला र पशुपंक्षी अन्वेषण रोग प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप १२ जनामा कोरोना पोजेटिभ भएको हो ।

योसँगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ ।

Advertisement

आज भेटिएका संक्रमितहरुमा ११ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यसअघि दैलेखका ८ जना र सुर्खेतका ३ गरी कर्णाली प्रदेशमा जम्मा ११ जना संक्रमित थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top