×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

झापामा हात्तीको आक्रमणबाट युवकको ज्यान गयो

१३ जेष्ठ २०७७

१३ जेष्ठ, झापा ।
दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार ज्यान गएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement
Advertisement

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ ।

Advertisement
Advertisement

घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साता कचनकबलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको ज्यान गएको थियो ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top