१४ जेठ, विराटनगर ।
प्रदेश नं. १ बाट बुधबार थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।
डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाईएको उनले बताए । ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । कोभिड अस्पतालमा अहिले ३१ जना उपचाररत रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।