आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने

१४ जेठ ७७, बिहीबार

१५ जेठ, काठमाडौँ ।
सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८को बजेट विनियोजन गर्दै साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ । भच्र्युअल कक्षा सञ्चालन,अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।

यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । १÷१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा ७ अर्ब ५२ करोड विनियोजन गरेको छ । छात्रवृत्तिका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए ।

१३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई मूलभूत शिक्षामा लैजााने भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top