कर्मचारीको भत्तामा उल्लेख्य कटौती

१५ जेठ ७७, बिहीबार

१५ जेठ, काठमाडौँ ।
सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् ।

Advertisement

मन्त्री खतिवडाले अतिरिक्त पाउने बैठक, खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको बताए । यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा पनि उल्लेख्य बजेट कटौती गरिएको मन्त्री खतिवडाले बताए ।

यस्तै सरकारले सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा गर्ने घोषणा गरेको छ। मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाइने बताए

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top