भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति नेपाली सेनाको आपत्ति

१६ जेष्ठ, काठमाडौं । नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ ।

Advertisement

जेठ १४ बुधबार शिशिर गुप्ताले हिन्दुस्तान टाइम्समा लेखेको ’In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ’ शिर्षकको तथा जेठ १५ गते बिहीबार अक्षय नराङ्गले tfipost.com मा लेखेको समाचार भ्रामक र काल्पनिक रहेको भन्दै नेपाली सेनाले आपत्ति जनाएको हो ।

बिहीबार राति विज्ञप्ति निकालेर नेपाली सेनाले यी समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुरासयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो । नेपाली सेनाले यी समाचारले दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको पनि जनाएको छ ।

Advertisement

राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने अहिलेको बेलामा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले फैलाइएको यस्ता अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई सेनाले अनुरोध गरेको छ ।

नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सधैँ कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

यस्तै विज्ञप्तिमा आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस्ता अफवाह फैलाउने प्रयास हुनसक्ने भएकाले सचेत र सजग रहन नेपाली सेनाले अनुरोध पनि गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top