बजेटले कोरोना प्रभावित जनताको जीवन रक्षा गर्न सक्दैन : कांग्रेस

१६ जेठ ७७, शनिबार

१६ जेठ, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

‘सरकारकाले बजेट प्रचारमुखि मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन् । जनताको जीवन रक्षा गर्ने खालको छैन् । हामी खर्चको कटौतीको प्रस्ताव गर्छौँ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने । बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशिलता नदेखाएको उनले बताए ।

उनले भने, ‘‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन । आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ । त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ । यतापट्टी सरकारको सजकता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन् । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ ।’’

पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए । भाषण मिठो भएपनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनले बताए ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरु समेटिन नसकेको बताए । अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भिर नदेखिएको उनले बताए ।

अर्का नेता मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पुरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए ।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेको नेताहरुको समेत सहभागिता रहेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top