एमसीसीबाट पछि हट्यो नेकपा, निर्णयको जिम्मा संसदलाई

१७ जेठ, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम राक्ने समझदारी बनेको बताए । उनले भने, ‘अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ ।’ नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने उनले बताए ।

बजेटमा एमसीसी अन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्रीले सचिवालयमा स्पष्ट गरे । प्रधानमन्त्रीले संसदमा जानकारी गराउनु भएअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडी बढ्ने बताए ।

Advertisement

प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री खतिवडाले सोही अनुसार नै संसदमा जवाफ दिनेछन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको थियो । रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य छन ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top