लकडाउनको असर पुस्तक छपाईमा, १५ प्रतिशत पुस्तक छाप्न बाँकी

१७ जेठ ७७, शनिबार
Share this
828shares

१७ जेठ, काठमाडौँ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लक डाउनका कारण पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन ।

Advertisement

अघिल्लो वर्षको विक्रिदर अनुसार छपाईको काम सकिएपनि यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्यअनुसार काम सुरु भएको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले बताए । यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण लकडाउन भई काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उनले बताए । उनका अनुसार कक्षा ६,७ र ८ का पुस्तक छपाईको काम बाँकी रहेको छ ।

Advertisement

जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पु¥याउने गरी काम भइरहेको छ । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एक देखि चार सम्म निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top