संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

१८ जेठ, काठमाडौँ ।
नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निणर्य गरेको छ । शनिबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निणर्य गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निणर्य गरेको उनले जानकारी दिए ।

संसद्मा प्रमुख प्रतिपक्षको भूमिकाका रहेको काँग्रेसको यो निणर्यसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसद्बाट पास गराउन बलियो आधार मिलेको छ । सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ । तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संंशोधनको पक्षमा उभिने निचोडमा काँग्रेस पुगेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

Advertisement

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।बुधबार संसदमा पेश गर्ने तयारी पनि थियो । तर अघिल्लो दिन बसेको सर्वदलीय बैठकमा कांग्रेसले समय मागेको भन्दै बुधबार संसदको कार्यसूचीमा राखिएको थिएन ।

कांग्रेस बैठकले केही समयपछि छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने निणर्य पनि गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मधेस केन्द्रीय दलहरुको माग सम्बोधन गर्न दर्ता गरेको तर संसदबाट अस्वीकृत भएको विधेयकलाई नै फेरि दर्ता गर्ने निणर्य भएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top