भारतमा लकडाउन एक महिना थपियो

१८ जेठ, काठमाडौँ ।
भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो ।

केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निणर्य गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्दे्शिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ । तर, कोरोना संक्रमण नदेखिएको ठाउँमा भने लकडाउन विभिन्न सर्तसहित खुकुलो बनाउने निणर्य पनि गरिएको जानकारी गराइएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार गृह मन्त्रालयले नयाँ निर्दे्शिका प्रान्तीय सरकार र केन्द्र प्रशासित प्रान्तसँग विभिन्न चरणमा छलफलपश्चात जारी गरेको जनाएको छ । गृहमन्त्री अमित शाहले बिहीबार सबै प्रान्तका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । लगत्तै उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए ।

Advertisement

निर्दे्शिकाबमोजिम जुन ८ देखि सार्वजनिक पूजास्थल तथा मन्दिर, होटेल, रेष्टुरेन्ट र अन्य सेवा क्षेत्र तथा शपिङ मल खुला गरिनेछ । यद्यपि स्वास्थ्य मन्त्रालयले यी स्थलहरू सञ्चालनका लागि मापदण्ड निर्धारण गर्नेछ ।

दोस्रो चरणमा विद्यालय, कलेज सञ्चालन गरिनेछ । प्रान्तीय सरकारलाई संस्थागत रुपमा अभिभावक, विद्यालय र कलेजसँग परामर्श गर्न गृह मन्त्रालयले सुझाव दिएको छ । जुलाई महिनामा विद्यालय, कलेज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

Advertisement

थोरै मात्रै गतिविधि सञ्चालनमा बन्देज लगाइनेछ । जसअन्तर्गत अन्तर्रा्ष्ट्रिय उडान, मेट्रो रेल सञ्चालन, स्विमिङ पुल, मनोरञ्जन पार्क, सभागृहलगायतमा गतिविधि सञ्चालनमा रोक यथावत रहनेछन् । सामाजिक, खेलकुद, राजनीतिक, सांस्कृतिक तथा पर्व उत्सव मनाउन तेस्रो चरणसम्म पर्खिनुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिम प्रान्तीय सरकारले सङ्क्रमित क्षेत्र निर्धारण गर्न पाउनेछन् । हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १ लाख ७५ हजार ९५७ पुगेको छ । जसमध्ये ४ हजार ९ सय ९६ जना संक्रमितहरुको ज्यान गइसकेको छ । त्यस्तै, ८३ हजार ८७८ जना संक्रमितहरु निको भइसका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top