कतारमा एकैदिन ५ हजार २ सय ३५ जना डिस्चार्ज, अधिकांश नेपाली

काठमाडौं : कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् ।,यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार यो निको हुनेको यो संख्या हालसम्म कै उच्च संख्या हो । संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो । कतारमा हालसम्म २५ हजार ८ सय ३९ जनालाई निको भइसकेको छ ।

‘क्‍वारेन्टाइनमा बसेको ४० दिनपछि निस्कन पाए । दुईपटकको परीक्षण गर्दा नेगेटिभ आयो । क्‍वारेन्टाइनबाट निस्केर गाडीमा राखिएको थियो । म बसेको गाडीमा सबैजना नेपाली थिए,’ बाग्लुङका ३४ वर्षीय एक नेपालीले भने,‘कोरोनालाई जितेर निस्कदा सबैजना उत्साहित देखिन्थे । हामीलाई युद्ध मैदानबाट घर फर्केको जस्तो लागेको छ ।’

Advertisement

निको भएर निस्केकालाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको उनले बताए । ‘यताउता नजानु भनेको छ । कसैलाई नभेट्नु भनेको छ । दुई हप्ता कम्पनीकै क्याम्पमै बस्नेछु,’ उनले भने ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top